भिडियो डाउनलोड गर्न तल क्लिक गर्नुहोस




Loading...

भिडियो हेर्न तल क्लिक गर्नुहोस



Monday, January 9, 2017

म परेर इन्जिनियर भएँ, चार महिनामा पाँच सय घर निर्माण गरिदिन सक्छु : सिताराम कट्टेल (धुर्मुस)


हामीले डेढ वर्षदेखि त्याग तपस्या गरेर एकीकृत बस्तीको सुरुवात गरेका छौँ । एक व्यक्ति एक सरकार हो भन्ने हाम्रो मान्यता छ । हामीले एकीकृत बस्तीको महत्व बुझेर नै यसलाई विस्तार गर्न सुरुवात गरेका हौँ ।
पुनर्निर्माण कार्यलाई अगाडि बढाउँदा सरकारले एकीकृत बस्तीलाई जोड दिनुपर्दछ । किनकि एकीकृत बस्ती सुविधायुक्त हुन्छ । बाटो, बिजुलीदेखि सबै सुविधापूर्ण बनाउन सकिन्छ । न त्यहाँ जातको कुरा आउँछ, न धर्मको, न धनी र गरिबको नै विभेद हुन्छ । एकीकृत बस्तीमा सबै समान हुन्छन् ।
इच्छाशक्ति हुने हो भने पुनर्निर्माण कार्य धेरै समय लाग्ने विषय नै होइन रहेछ । सरकारले त अझ निकै छोटो समयमा सक्काउन सक्छ । हामीले बर्खामा पनि काम गर्यौँ । सुरुसुरुमा त हामीसँग स्किलफुल मेनपावर थिएन, अहिले छ ।
यससम्बन्धी ज्ञान पनि हासिल गरिसक्यौँ । अहिलेसम्मको अनुभवले मलाई के आत्मविश्वास दिलाएको छ भने, धुर्मुस सुन्तली फाउन्डेसनले चार महिनामा पाँच सय घर निर्माण गरिदिन सक्छ । ती घर ‘पाँच मैत्री’ हुनेछन् । बालमैत्री, अपांगमैत्री, वातावरणमैत्री र भूकम्पमैत्री । अहिले आएको जत्तिको भूकम्पले घर ढल्ने छैन । यदि ढल्ने गरी नै भूकम्प आयो भने समीक्षा गर्ने मान्छे पनि रहने छैनन् ।
मलाई हिजो घर निर्माणबारे एक थोपो पनि ज्ञान थिएन ।  कलाकारको रूपमा कसैलाई हसाउँन सक्थेँ । तर, आज म परेर इन्जिनियर भएको छु । निर्माण सामग्रीको गाडी चलाउन सक्ने भएको छु । डिजाइन गर्न सक्ने भएको छु ।
यो देशको नागरिकको हैसियतले सरकारको सहयोगी बन्यौँ । हामी प्रत्यक्ष रूपमा सरकारलाई सहयोग गर्न तयार छौँ । हामीजस्ता सहयोगी युवाहरू लाखौँ छन् । अहिले भूकम्पपीडितलाई बासस्थान दिलाउनु नै मुलुकको पहिलो आवश्यकता हो । त्यसैले सरकारले आफूमातहतका सबै निकायलाई परिचालन गरेर लाग्ने हो भने एक वर्षमा करिबकरिब पुनर्निर्माण कार्य सकिन्छ । सरकारभन्दा ठूलो अर्को शक्ति हुन सक्दैन । तर, भूकम्प गएको डेढ वर्ष भइसक्यो । तर, खै जनताले के पाए त ?
यहाँ राजनीतिलाई पेसा बनाइएको छ । राजनीतिक दलले गलत निर्णय गरे पनि कार्यकर्ता र अन्धभक्तहरू खान पाइँदैन कि भनेर त्यस विषयको विरोध गर्न सक्दैनन् । यस्तै, परिपाटीका कारण समयमा काम हुन नसकिरहेको हो । हुन त सरकारको काम गर्ने आफ्नै प्रक्रिया होलान् । तर, भूकम्पपीडितलाई वासस्थान उपलब्ध गराउने विषयमा ढिलाइ गर्नुहुँदैन । (साभार: नयाँ पत्रिका)

No comments:

Post a Comment