२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

Loading...

Tuesday, January 10, 2017

भारतिय भैया मोदी र मुखर्जी आउँदा विदा दिने, राष्ट्र निर्माताको जन्मदिनमा विदा नपाउने ?

कसैको बाउको बिर्ता हैन यो देश । कसैको जन्मदिनमा काट्ने केकको टुक्रा हैन यो देश । हाम्रा आमा हरुले पानी सम्म नखाई प्याकप्याक्ती हुँदा समेत अन्तिम श्वास रहँदा सम्म शत्रु संग लडेर जोगाएको देश हो यो । जसको नेतृत्व राष्ट्र नायक श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहले गरेका थिए । आज उनैको जन्म दिनको ब्यवास्था गर्दैछ हत्यारा नेतृत्व । तिनले १७ हजार नेपाली दाजुभाई मार्न सुरु गरेको,रगत पसिना चुस्न सुरु गरेको र देशलाई खरानी बनाउन सुरु गरेको दिनलाई आतँककारी दिवस ए हैन हैन जनयुद्द दिवस मनाउँछ तर सिङ्गो देश नेपाल बनाउने मान्छेलाई न गन्छ न एकता दिवस मनाउँछ ।
मेरा साना दु:खले आर्ज्याको मुलुक हैन’ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड हो यो भनाई । यो भनाईले संसार बोलेको छ । कति दु:खले, कति मेहनतले हाम्रा अग्रजले अंग्रेजको पञ्जाबाट जोगाएर राखेको देश हो यो । संसारभरीका हरेक देशले अरुको गुलामी सहेर मुक्त भएको दिनलाई स्वतन्त्रता दिवस मनाउँछन तर हामी छाती फुलाएर संसारको कुनै शक्ति संग नझुक्ने वीर गोर्खाली हौँ भनेर भन्ने हैसियत कस्ले बनाईदियो हेक्का रहोस ।
गोजिमा श्री ५ को सरकार लेखेको नागरिकता बोक्छौ, बिदेश जाँदा वीर गोर्खालीको देश भनेर खोक्छौ तर राष्ट्र निर्माताको शालिक ढाल्छौ, ईण्डियन कुत्ता पाल्छौ अनि बेलायती दक्षिणा लिएर कृश्चियन बनेर सिंहदरबार बाट भुक्छौ । ईष्ट ईण्डिया कम्पनीको दास ईण्डियन राष्ट्रपती आउँदा सार्वजनिक विदा दिन्छौ, मोदी आउँदा कर्फ्यु लगाउँछौ । राष्ट्र टुक्राउँछु भन्ने सुँगुरहरुलाइ ज्वाइँ झै पाल्छौ । देश बनाउने पृथ्वीनारायण शाहको फोटो मन्त्रालय बाट फाल्छौ । अनि लेनिन, माओ र गान्धीहरुको फोटो भित्तामा टाँस्छौ । के गरेको छ लेनिनले नेपालको लागि ? के गरेको छ माओले हाम्रो लागि ? तिनले कर्णालीमा पुल बनाईदिए ? पुर्व पश्चिम राजमार्ग बनाईदिए ? कि तिनले हामीलाई वीर गोर्खाली बनाईदिए ? तिम्रो नक्कली राष्ट्रवाद छर्लङग भैसकेको छ ।उल्टो हामीलाई देश द्रोही ठान्छौ गद्दारहरु हो ? देश बनाउनेको सम्झनामा एक दिन एकता दिवस मनाउँदा तिमिहरुको के बिग्रन्छ ? हुन त भालुलाई पुराण सुनाएर के काम ? बाउ मर्दा कृया नगर्ने हरुलाई, देश टुक्राउने नै मुख्य उदेश्य भएकाहरुलाई, देश टुक्राएर लेण्डुपको सिको गर्दै छोटे राजा बन्ने सोच भएका हरुलाई सिङो नेपाल बनाउने मान्छे शत्रु लाग्नु स्वभाबिक पनि हो । याद राख ! गणतन्त्र आफ्नो बाउको बिर्ता सम्झनेहरु हो । यो तिमिहरुले गणतन्त्र ल्याएको मुलुक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले खाई नखाई संसार कब्जामा लिने शक्तिशाली शक्ति अँग्रेज हरुलाई समेत घुँडा टेकाएर टिकाएर राखेको देश हो । जहाँ तिमिहरु अहिले राज गरिरहेका छौ त्यो पहिले पचासौँ टुक्रामा बिभाजित थियो ।
नेपालाई एकीकरण गरेर एउटा सिङ्गो र विशाल नेपाल बनाउने पृथ्वीनारायण शाहलाई जसरी तिमिहरुले अबमुल्यन गर्दैछौ भोलि तिमिहरुलाई पनि आउने सन्ततीले त्यस्तै गर्ने छ्न । आज पृथ्वीनारायण शाहको पक्षमा त हामी लाखौँ मान्छे छौँ तर तिमिहरु मर्दा त दुनिया खुसी हुने छ ।तिमिहरुको लाशमा फुल हैन जनताले ढुङ्गा बर्साउनेछन । ईतिहास नबिर्स आफ्नो हैसियत नबिर्स । हाम्रा पुस्ताको ईतिहास तिमिहरु बिर्सिन्छौ भने तिमीहरुको ईतिहास नी भोलि आउने पुष्ताले बिर्सिने छ । जय देश !!!
source:- nayabato.com

No comments:

Post a Comment