२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

Loading...

Monday, December 19, 2016

युवासंघ अध्यक्षको हत्या, राजनीतिक नभई व्यक्तिगत रिसिइबीः प्रहरी

भैरहवा– रुपन्देहीको देवदह नगरपालिकामा गोली हानेर हत्या गरिएका युवा संघ रुपन्देहीको कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको घटना राजनैतिक भन्दा ब्यक्तिगत रिसिइबीको कारण भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
‘घटनाको प्रकृति हेर्दा यो राजनैतिक नभई व्यक्तिगत रिसईबीले घटाइएको हुनसक्ने देखिएको छ,” रुपन्देही प्रहरी प्रवक्ता डिएसपी बेल बहादुर पाण्डेले भने । घटनामा देवदह नगरपालिकाकै मनोज राना संलग्न रहेको प्रारम्भिक अनुसन्धाबाट खुलेको पाण्डेले बताए ।
रानाले प्राईभेट नम्बरबाट फोन गरि हत्या गरेको जिम्मा लिएको छन् ।
अाराेपी मनोज राना पहिला मृतक दुर्गासँग मिलेर स्थानीयस्तरमा ठेकेदारी गर्ने गर्थे । तत्कालिन माओवादी शान्ति प्रक्रियामा गएपछि उनी पनि माओवादीमा प्रवेश गरेका थिए । पछि माओवादी छाडेर राना एमालेको भातृ संगठन युथ फोर्समा लागेका थिए । त्यसपछि फेरि आर्थिक एवम गुण्डागर्दी गतिविधिको कारण युथफोर्सले रानालाई कारबाही गर्दै संगठनबाट निष्काशन गरेको थियो ।
आरोपी मनोज रानाले गएको फागुनमा पनि दुर्गा तिवारीलाई मार्न खोजेका थिए । प्रहरीका अनुसार रानाले तिवारी सँग २० लाख रुपैया मागेको र नपाएको झोँकमा आफ्नै ईटा भट्टामा बसी रहेको अवस्थामा तिवारी माथि गोली प्रहार गरेका थिए ।
गोली तिवारीलाई नलागेकोले उनी त्यस बेला बाच्न सफल भएका थिए । आरोपी रानाविरुद्व हातहतियार तथा खरखजाना र ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता रहेको प्रवक्ता पाण्डेले बताए ।
फागुनको घटना पछि राना लगायत रानाको अन्य ८ जना बिरुद्ध संगठित अपराधमा मुद्दा चलाईएकोमा राना र उनका साथी श्याम मगर फरार रहेको डिएसपी पाण्डेले बताए ।
बाँकी अहिले कारागारमा रहेका छन । आरोपी राना बसेको स्थान अहिले पनि ट्रेस हुन नसकेका कारण उनी भारतमै कतै बसिरहेको प्रहरीको अनुमान छ । गोली चलेको समय र फोन भएको समयलाई बिश्लेषण गर्दा रानाले आफैं सो घटना नगरेको भई उनले अन्य ब्यक्ति प्रयोग गरेको प्रहरीको अनुमान छ ।
यसअघि पनि तिवारी माथि हत्याको प्रयास भएको कारण अहिलेको हत्या योजनावद्ध तरिकाले गरिएको प्रवक्ता पाण्डेले बताए । “लामो समय देखि निगरानीमा राखी समय हेरेर घटना घटाईएको देखिन्छ” पाण्डेले भने ।
भैरहवामा उद्योग बाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपाने माथीको गोली प्रहार र अहिलेको घटनामा कुनैसम्बन्ध नभएको पनि प्रहरीले स्पष्ट पारेको छ ।
हत्याको छानविन गर्न बिशेष टोली बनाई अनुसन्धान गरिने प्रहरीको भनाई छ ।
यस्तै हत्यामा प्रयोग भएको भनिएको रातो रङ्गको पल्सर मोटरसाईकल मणिग्रामको कान्छीबजारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
हत्याको विरोधमा बन्द
–यसैबीच युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्यापछि अहिले रुपन्देही लगायत लुम्बिनी अञ्चल शोकमा डुबेको छ ।
– हत्याको बिरोधमा युवा संघ रुपन्देहीले अनिश्चितकालीन रुपन्देही बन्दको आह्वान गरेको छ ।
–युवा संघ नेपालका केन्द्रिय सदस्य तथा रुपन्देही ईन्चार्ज सुजु मल्ल र जिल्ला सचिव नकुल शाहीद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तीमा दोषीलाई पक्राउ गरि कारबाही नभएसम्म बन्द कायम रहने उल्लेख गरिएको छ ।
–बन्दको कारण भैरहवा तथा यस आसपासका क्षेत्र प्रभावित भएका छन् ।
–बन्दकर्ताले भैरहवा बजार पूर्ण रुपमा बन्द गराएका छन भने यातायातका साधन समेत चल्न सकेका छ्रैनन् ।
–बन्दको अवज्ञा गरेको भन्दै भैरहवा क्षेत्रमा केही मोटरसाईकलमा तोडफोड समेत गरिएको छ ।
@ratopati.com

No comments:

Post a Comment