Loading...

Monday, December 19, 2016

मह जोडीको यस्तो मिलन – हरिबंशको जागिर खोसिएपछि, उनलाई साथ दिँदै मदनदास श्रेष्ठले पनि राजिनामा दिए

बाल्यकालमा चञ्चल स्वाभावको थिएँ । साथी, शिक्षक र छिमेकीको क्यारिकेचर गर्थें । स्कुलमा भएको एउटा नाटकमा कुकुरको आवाज निकालेर प्रमाणपत्र पाएँ । त्यसबाट प्रोत्साहित भएर ‘दबु प्याखः’का कार्यक्रममा मेरो पनि प्रस्तुति राखिदिन अनुरोध गर्न थालेँ । ०३३ सालमा एकेडेमीको ‘गाईजात्रा महोत्सव’ हेर्न गएँ । त्यहाँ राजपाल–हाडा, रामशेखर नकर्मी, गोपालराज मैनालीलगायतको प्रस्तुति र यादव खरेल, लक्ष्मण लोहनीको कविता सुनियो ।
गोपालराज मैनाली, राजपाल धु्रव हाडा, कार्यक्रम हुन्थ्यो । मैले मदन दाइलाई पनि त्यही बेलामा देखेको हुँ । त्यसपछि म आफ्नै टोलमा बस्ने जितेन्द्र महत अभिलाषी दाइको सम्पर्कबाट रेडियो नेपाल पुगेँ । त्यसपछि नाचघरका विभिन्न कार्यक्रममा सहभागी हुँदै राष्ट्र बैंकको रजत जयन्ती कार्यक्रमबाट मदन दाइसँग नियमित कार्यक्रम गर्न थालियो ।
मदन दाइसँग संयुक्त कार्यक्रम गरेकै साल गाईजात्रा महोत्सवमा ‘यमलोक’ भन्ने कार्यक्रम देखायौं । त्यसको अडियो पनि निकालौं भन्ने सल्लाह भयो । तर कार्यक्रम आधा घन्टाको मात्रै थियो, अडियो क्यासेटमा दुईतिरै गरी एक घन्टाको कार्यक्रम चाहिन्थ्यो । त्यसैकारण ‘प्यारालाइसिस’ कार्यक्रम बनायौं । त्यसमा हामीले पञ्चायती व्यवस्थालाई केही व्यंग्य गरेका थियौं ।
न्याय–कानुन मरेर स्वर्गमा भेटिएको भन्ने कथा थियो । तर, त्यति गर्नु पनि त्यो समयमा ठूलो थियो । त्यो क्यासेट यति बिक्री भयो कि त्यसबाट जग्गा किनेर घरै बनाउन सक्यौं । हामी कमेडीमा सामाजिक र राजनीति विकृति चित्रण गथ्र्यौं । पत्रपत्रिका सबैले पढ्दैनथे, कतिलाई अल्छी पनि लाग्थ्यो । तर हामीचाहिँ हसाइ–हसाइ त्यही कुरा अभिव्यक्त गथ्र्यौं ।
त्यसैले हामीलाई नेताहरू गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईलगायत नेताहरूले भन्नुहुन्थ्यो, ‘हामी अर्कै राजनीतिक गरिरहेका छौं, तपाईंहरू पनि आफ्नै खालको राजनीति गरिररहनुभएको छ ।’ उहाँहरूले हामीलाई कार्यक्रमहरूमा पनि बोलाउनुहुन्थ्यो । हामी पनि बहुदलको पक्षमा उभिएर कार्यक्रम गथ्र्यों । त्यससँगै हाम्रो कार्यक्रममा पनि सरकारले निगरानी गर्न थाल्यो ।
मेरो त जागिर नै गयो । जागिर खोस्नेलाई चाहिँ धन्यवाद नै दिनुपर्छ । किनकि, जागिर भनेको यस्तो चिज रहेछ, जसले मनोबललाई जहिले पनि घटाइरहँदो रहेछ । स्वतन्त्रता पनि नहुने, कहीँ जानुर्पयो भने पनि हाकिम रिसाउलान् भनेर जहिल्यै डराइरहनुपर्ने, कुण्ठित भइरहनुपर्ने । पिंजडामा राखेजस्तो अनुभूति हुन्थ्यो । अझ त्यो बेलामा अनुशासन पनि कडा थियो ।
त्यस्तो बेलामा हामीले पिस्कर हत्याकाण्डको विषय समेटेर ‘होस्टेहैंसे’ भन्ने कार्यक्रम बनाएका थियौं । त्यही निहुँमा मदन दाइ र मलाई पक्राउ गरियो । तर, हामीलाई समातेको थाहा पाउनेबित्तिकै विद्यार्थीहरूले आन्दोलन थाले । त्यसैले छोड्न बाध्य भए । हामी धनकुटा कार्यक्रममा पुगेको बेला थाहा भयो, मेरो जागिर खोसिएछ । मदन दाइको चाहिँ स्थायी जागिर थियो, त्यसैले स्पष्टीकरणमात्रै सोधिएको थियो ।
तर उहाँले पनि जागिर छोड्नुभयो । त्यसपछि हामीले आफ्नै अफिस सुरु गर्यौं । त्यही बसेर कार्यक्रम बनाउन थाल्यौं । त्यसैबेला बनाइएको ‘विज्ञापन’ नाटक हामीले ३ सय ७६ पटक देखायौं । त्यसपछि कति नाटक देखाउने, केही कामै गर्न नसकिने भयो भिडियो खिच्यौं र हाइभिजन हलमा देखायौं । नेपाल टेलिभिजन आएपछि हामी टेलिफिल्ममा केन्द्रित भयौं ।
जसमा जनचेतना प्रधान थियो । तर त्यसमा हामीले कमेडीलाई मिसायौं । त्यसैलाई सबैले मन पराए । हामीले सिनेमाचाहिँ त्यति धेरै बनाउन सकेनौं । सिनेमामा पैसा र समय पनि धेरै खर्च गर्नुपर्छ । त्यसमाथि सिनेमा चलाउन धेरैतिर धाउनुपर्ने, चाकडी गर्नुपर्ने, हामीलाई आफ्नै काममा फुर्सद थिएन । अहिले पनि छैन । भर्खरै अमेरिका र युरोपियन देशमा कार्यक्रम गरेर फर्कियौं । तर पछिल्लो समयमा कमेडी सिनेमाको बजार राम्रो भएको छ । त्यसैले हामी पनि सिनेमा बनाउने योजनामा छौं ।अन्नपूर्ण टुडेकाे सहयाेगमा

No comments:

Post a Comment