Loading...

Friday, December 16, 2016

आज शुक्रबार पनि सुनको मूल्य घट्यो

पुस, काठमाडौं - लगातार आरालो लागेको सुनको मूल्य आज पनि घटेको छ ।

आज सुन तोलाको ४ सय रुपैयाँले घटेर ५१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको आइतबार तोलाको ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन शुक्रबार ५१ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार एक सय रुपैयाँ बढेर तोलाको ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार एक सय रुपैयाँ नै घटेर तोलाको ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसमा बिहीबार ५ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार फेरि तोलामा ४ सय रुपैयाँले घटेको हो । 


यस्तै आज पुसको पहिलो दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलाको २५ रुपैयाँ सस्तो भएर ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

No comments:

Post a Comment